×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी कम्पनीको कोरोना भाइरसको औषधि परीक्षण असफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अमेरिकी कम्पनीको कोरोना भाइरसको औषधि परीक्षण असफल

Artha Sarokar

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ । चीनले परीक्षण गरिरहेको ‘रिमडेसिभिर’ नामको एन्टिभाइरल औषधि असफल भएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको छ । परीक्षणका क्रममा जम्मा २ सय ३७ जना कोरोनाका बिरामीमध्ये १ सय ५८ जनालाई रिमडेसिभिर औषधि दिइएको थियो भने बाँकीलाई प्लेसबो दिइयो । एक महिनापछि रिमडेसिभिर लिने बिरामीहरूमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो । जबकि प्लेसबो लिने बिरामीहरूमध्ये १२.८ प्रतिशतको मात्र मृत्यु भयो ।
यस औषधिको साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यो औषधि निर्माणमा एक अमेरिकी कम्पनी गिलियड विज्ञान लागिपरेको थियो भने परीक्षण चीनमा भएको बिबिसीले जनाएको छ । रिमडेसिभिर औषधिको बारेमा धेरै आशा थियो । तर यो औषधि दिएका बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब कीटाणुनाशक औषधि दिनाले बिरामीको रगतमा कीटाणुहरू कम भएन । यस असफलताको रिपोर्ट डब्ल्यूएचओले प्रकाशित गरेको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी