
काठमाडौँ – कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ । चीनले परीक्षण गरिरहेको ‘रिमडेसिभिर’ नामको एन्टिभाइरल औषधि असफल भएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको छ । परीक्षणका क्रममा जम्मा २ सय ३७ जना कोरोनाका बिरामीमध्ये १ सय ५८ जनालाई रिमडेसिभिर औषधि दिइएको थियो भने बाँकीलाई प्लेसबो दिइयो । एक महिनापछि रिमडेसिभिर लिने बिरामीहरूमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो । जबकि प्लेसबो लिने बिरामीहरूमध्ये १२.८ प्रतिशतको मात्र मृत्यु भयो ।
यस औषधिको साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यो औषधि निर्माणमा एक अमेरिकी कम्पनी गिलियड विज्ञान लागिपरेको थियो भने परीक्षण चीनमा भएको बिबिसीले जनाएको छ । रिमडेसिभिर औषधिको बारेमा धेरै आशा थियो । तर यो औषधि दिएका बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब कीटाणुनाशक औषधि दिनाले बिरामीको रगतमा कीटाणुहरू कम भएन । यस असफलताको रिपोर्ट डब्ल्यूएचओले प्रकाशित गरेको छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्