×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना भाइरसको पछिल्लो अवस्थाः ११ हजार बढी संक्रमित, दिनमै ३८ जनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतमा कोरोना भाइरसको पछिल्लो अवस्थाः ११ हजार बढी संक्रमित, दिनमै ३८ जनाको मृत्यु

Artha Sarokar

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३८ जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
कोरोना भाइरस भारतको महाराष्ट्र सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।
त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी