×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ : २८२ जनाको कोरोना परिक्षण, कस्तो आयो रिपोर्ट ?

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ : २८२ जनाको कोरोना परिक्षण, कस्तो आयो रिपोर्ट ?

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर – प्रदेश नं. १ मा २८२ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । 
सङ्कलित २११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । 
कोरोना भइरस भए-नभएको छिटो पत्ता लगाउन गरिने ¥यापिड डाइग्नोष्टिक टेस्टअन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो ।
मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनअन्तर्गत तीन हजार ४१७ छन् । प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: