- अर्थ सरोकार सम्बाददाता
विराटनगर – प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोरोना भाइरसको परीक्षण भएको छ । ३८ आइसोलेसनमा रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षका अनुसार पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन् ।
अहिले प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित् । देशभर भने ५४ जना कोरोना संक्रमित रहेका छन् । जसमा १६ जना भने निको भएर फर्किसकेका छन् ।