×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेकी राष्ट्र भारतमा एकैदिनमा थपिए १३ सयभन्दा बढी संक्रमित, नेपाललाई कस्तो असर पर्दैछ ?

LAXMI SUNRISE BANK

छिमेकी राष्ट्र भारतमा एकैदिनमा थपिए १३ सयभन्दा बढी संक्रमित, नेपाललाई कस्तो असर पर्दैछ ?

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५० जनाको ज्यान गएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।
यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । कोरोनाबाट भारतमा सबैभन्दा प्रभावित राज्य महाराष्ट्र बनेको छ । महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म भारतमा तीन हजार आठ सय ७० संक्रमित निको भइसकेका छन् ।
यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेपालमा सबैभन्दा बढी प्रभावित प्रदेश १ अन्तर्गतको उदयपुर जिल्लामा परेको छ । उदयपुरमा मात्र कोरोनाबाट संक्रमिटको हुनेको संख्या २४ पुगेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी