×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६ सय ६५ मा संक्रमण पुष्टि

LAXMI SUNRISE BANK

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६ सय ६५ मा संक्रमण पुष्टि

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । 
सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले बताए । 
सङ्क्रमण पुष्टि हुनेमा अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक-एक नेपाली रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी