
- रासस
वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो आदेश दिएका हुन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “विश्व स्वास्थ्य संगठनलाई दिइआएको आर्थिक सहायता रोक्न मैले आजै प्रशासनलाई निर्देशन दिइसकेको छु । हामी यो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्नेछौं ।”
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना बनाउनु अघि नै विश्व स्वास्थ्य संगठनलाई यस महामारीले निम्त्याउने भयावह अवस्थाका बारेमा जानकारी रहेको दाबी गरेका छन् ।
कोरोनाभाइरसका कारण अहिले संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित रहेको छ । कोरोनाभाइरस फैलिएदेखि हालसम्म संयुक्तराज्य अमेरिकामा मात्र २५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने छ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित सूचना ढाकछोप गरेको समेतका विषयमा विश्व स्वास्थ्य संगठनमाथि नै अमेरिकी अधिकारीहरुले छानबिन गर्ने पनि बताए ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनसँग चीनको बढ्दो हिमचिमका बारेमा आलोचना हुन थालेको छ । विश्वभर नै संकट उत्पन्न गरेको कोरोनाभाइरसको महामारीबाट विश्वभर १ लाख २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्