×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दैलेखमा कोरोना प्रभावित देशबाट आएका ३०२ जनाको परिक्षण, यस्तो आयो रिपोर्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दैलेखमा कोरोना प्रभावित देशबाट आएका ३०२ जनाको परिक्षण, यस्तो आयो रिपोर्ट

Artha Sarokar

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख – दैलेखमा  ३०२ जनाको कोरोना परिक्षण नेगेटिभ आएको छ ।  भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले जानकारी दिए । विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा हाल संक्रमितको संख्या ३१ पुगेको छ । जसमा ४ जना निको भईसकेका छन् । अहिले सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ ।   
यस्तै जिल्ला प्रहरी र प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर वलीले बताए । सङ्क्रमित र ती आएको सवारी साधन सूक्ष्म रूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने कार्यलाई यहाँका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् । दैलेखमा निर्माण गरिएका ९५० क्वारेन्टाइनमा अहिलेसम्म सात जना मात्र बसेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी