
- अर्थ सरोकार सम्बाददाता
दाङ – लकडाउन उल्लंघन गरी चलाइएका १५ सय सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ प्रहरीका अनुसार कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवज्ञा गरी प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।
सोमबारसम्म जिल्ला प्रहरीको नियन्त्रणका १ हजार ५ सय ७७ वटा सवारी साधन रहेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेको छन् । प्रहरीले दिएको तथ्यांकअनुसार मोटरसाइकल १ हजार २ सय ७६, स्कुटर १ सय २, ट्रक ६४ वटा, जीप कार ४५ तथा अटोरिक्सा ३९ वटा रहेका छन् । नियन्त्रणमा लिइएका सबै सवारीसाधन लकडाउन खुलेपछि मात्रै जरिवाना असुल गरी सवारी धनीलाई दिइने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।
कोरोनाबाट बच्न सरकारले लकडाउन घोषणा गरेपनि सर्वसाधारणले भने त्यसको पालना गरिरहेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्