×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी मूल्यमा नुन बेचेपछी कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बढी मूल्यमा नुन बेचेपछी कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस 
काठमाडौँ – सरकारले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोल स्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो ।
त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई रु ५०/५० हजार जरिवाना गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: