×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित धादिङका युवा निको भए, केहि दिनमै डिस्चार्ज गर्ने अस्तपतालको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमित धादिङका युवा निको भए, केहि दिनमै डिस्चार्ज गर्ने अस्तपतालको तयारी

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना संक्रमित धादिङका युवा निको भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका उनलाई अस्पतालले एक/दुइ दिन भित्र डिस्चार्ज गर्ने तयारी गरेको छ । ३२ वर्षीय उनिलाइ चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  
उनि चैत ६ गते युएईको सारजाहबाट एयर अरेबियाको उडानबाट काठमाडौँ आएका थिए । उनी ६ गते नेपाल आएपनि १० गते अस्पताल पुगेका थिए । त्यतिबेला सम्म नेपालमा १२ मात्रै कोरोना भाइरस संक्रमित थिए ।धादिङको ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा भएको र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछी उनि मोटरसाईकल चलाएर आफै अस्पताल पुगेका थिए ।  
उनि डिस्चार्ज भएपछी नेपालमा निको हुनेको संख्या ६ पुग्ने छ । नेपालमा हालसम्म ४२ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी