धादिङ – उत्तरी धादिङको विकट क्षेत्र मानिने खनियाबास गाउँपालिका–२, क्युङ गाउँमा खाद्यान्न सकिएको गुनासो स्थानीयले गरेका छन् । खाद्यान्न सकिएपछि ज्याला गरेर परिवार पाल्नेहरू समस्यामा परेका छन् ।
६१ घर रहेको क्यूङ सबै तामाङ समुदायको बसोबास क्षेत्र हो । अधिकांश भारतमा रोजगारीका लागि जाने र परिवार पाल्ने गरेका तामाङ समुदायको गाउँ यस वर्ष भारत जानुअघि नै लकडाउन भएको र केहीअति गरीब परिवारले ज्याला गर्ने अवसरसमेत नपाएकाले खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानाकारी दिए।
कामका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै व्यापारीले समेत चामललगायत खाद्य सामग्री नदिएपछि सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाइ छ।
गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएको छ। बाह्र दिनसम्म काम नपाएको तथा गाउँमा एकापसमा ज्याला नहुने र पर्म मात्र हुने भएकाले ज्याला गर्नसमेत समस्या आएको छ।
चार दिनअघिदेखि खानेकुरा सकिएकाहरुमा तङ्दोल तामाङ, कान्छा तामाङ, बलराम भनिने चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको परिवार छन्। उनीहरुलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले यही चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानाकारी समेत गराइसकिएको बताए।
गाउँबासीसँंग खानेकुरा छैन। गाउँमा उत्पादन हुने जग्गा छैन। धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन। त्यसैले सो गाउँलाई सहयोग अत्यावश्यक रहेको वडाध्यक्ष तामाङको भनाइ छ।
गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ।
चैत १९ गते इन्सेक प्रतिनिधि र पत्रकारले गाउँपालिका अनुुगमन गर्दा प्रतिकार्य योजना नै नबनेको तथा गाउँपालिकाले एउटा क्वारेन्टाइन बनाएको भए पनि गाउँमा अलपत्र परेका मजदूरले सहयोग नपाएको गुनासो गरेको पाइएको थियो।
गाउँ पुगेको टोलीलाई गाउँपालिका उपाध्यक्ष योमाया तामाङले लकडाउन उल्लंघन गरेर किन आएको भन्ने प्रश्न गर्नुभएको थियो। यता वडाध्यक्ष तामाङले भने कुनै पनि तरिकाले क्यूङ गाउँमा सहयोग गरिने वचन दिए। – रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्