×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीका ३३० जनाको स्वाव परिक्षण, यस्तो आयो रिपोर्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डोटीका ३३० जनाको स्वाव परिक्षण, यस्तो आयो रिपोर्ट

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – सुदूरपश्चिममा ३३० जनाको स्वाव रिपोर्ट नेगेटिभआएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । 
जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टका अनुसार गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाव सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।  दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ पठाइएको थियो । परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ । नतिजा नेगेटिभ आएपछि सबैलाई घर पठाइएको छ ।
कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिममा अहिले संक्रमितको ५ पुगेको छ । संक्रमित सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी