
- अर्थ सरोकार सम्बाददाता
कैलाली – कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा बिहीबारसम्म एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएको हो । जसमा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ‘कोभिड-१९ मिडिया ब्रिफिङ’मा सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिए । अहिले उक्त प्रदेशमा एक महिला र तीन पुरुष गरी चार कोरोना संक्रमित छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि कार्कीले बताए । क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।
यस्तै बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरेको छ । प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा बिहीबारसम्म ५६ बालबालिका, १७० महिला र दुई हजार २४० पुरुष गरी दुई हजार ४६६ बसेको, १७ विभिन्न अस्पतालको आइसोलेसनमा रहेको र ५७ जना सामान्य उपचारपछि फर्किएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्