×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडियो धनगढीमाथि काँग्रेस नेताको रबैयाविरुद्ध बोल्यो विप्लव नेतृत्वको नेकपा, विचलित नभई काम गर्न अनुरोध !

LAXMI SUNRISE BANK

रेडियो धनगढीमाथि काँग्रेस नेताको रबैयाविरुद्ध बोल्यो विप्लव नेतृत्वको नेकपा, विचलित नभई काम गर्न अनुरोध !

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ सरोकारको साझेदार प्रशारण संस्था रेडियो धनगढीमा समाचारको विषयलाई लिएर कांग्रेस नेता सन्तोष मुडभरिले देखाएको दादागिरीप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण पत्रकार जगतलाई विचलित नभई काम गर्नसमेत अनुरोध गरेको छ । 
धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीको समुहले समाचारको बिषयलाई लिएर रेडीयो धनगढीको कार्यालमै गएर पत्रकार नवराज धानु माथि गरेको आक्रमणको प्रयास प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटना निन्दनीय भएको जनाएको छ । रेडियो धनगढी र अर्थ सरोकारमा प्रशारण हुने उक्त कार्यक्रममा मुडभरीले राहतको चामल लुकाएको जनताको फोन रेकर्डसहितको समाचार बजेपछि मुडभारीले दादागिरी देखाएका थिए । 


विप्लवका ईन्चार्ज अनमोलद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा कोरोना महामारीबाट सृजित यस संकटको घडिमा जनता चिकीत्सकहरुलाई सम्बोधन गर्नुको साटो संचार गृह र संञ्चारकर्मी माथि यस्ता कृयाकलाप हुनु आपत्तिजनक र निन्दनिय भएको उल्लेख छ ।
साथै भ्रष्ट दलाल तथा माफीयाहरुको हर्कतबाट कत्तिपनि विचलीत नभएर सत्यतथ्य समाचारको संम्प्रेशणमा डटिरहन सम्पुर्ण पत्रकारहरुलाई अनुरोध समेत गरीएको छ । 
नेकपा विप्लव द्धाराजारी प्रेश विज्ञप्तीः
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी