
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार(हिजो) आयोजित ‘मिडिया ब्रिफिङ’मा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२ हजार २८३ व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा १२ हजार २७३ को नजिता नेगेटिभ आएको जानकारी दिए ।
परीक्षण गरिएकामध्ये १० जनाको आरडिटीबाट पोजेटिभ र पिसिआरबाट नेगेटिभ नतिजा आएको उनले बताए । पिसिआर पद्धतिबाट आजसम्म सङ्कलन गरिएको दुई हजार ७६३ को नमूनामध्ये दुई हजार ७६१ को परीक्षण भएकामा दुई हजार ७५६ को नतिजा नेगेटिभ आएको छ ।
यो विधिबाट गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएका पाँचमध्ये पोजेटिभ देखिएका चार जना केही दिनअघि नै निको भई डिस्चार्ज भइसक्नुभएको छ । दुई नमूना परीक्षणको क्रममा रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रदेशका विभिन्न जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा सोमबारसम्म एक हजार ३०७ जना बसिरहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये सोमबारसम्म १०९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर छ । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्