
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार (आज) गरिएको १ सय चार जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश एक र दुईबाट संकलन गरी ल्याएको स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यो सँगै प्रदेशमा तीन दिनयताबाट कोरोना संक्रमणको नयाँ बिरामी भेटिएका छैनन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार प्रदेश एकको झापाबाट १, सुनसरीबाट सात, उदयपुरबाट २ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रतिष्ठानमा ल्याइएको थियो । त्यसैगरी प्रदेश २ का सप्तरीबाट ९४ स्वाबको नमुना परीक्षण गरिएको थियो ।
प्रतिष्ठानमा गएको आइतबार भोजपुरका संक्रमित युवकको सम्पर्कमा रहेका १५ जनासहित ६१ जनाको पनि स्वाब परीक्षण गरिएको थियो । गएको शुक्रबार झापासहित विभिन्न स्थानबाट स्वाब संकलन गरी ल्याइएको ४८ स्वाब परीक्षण गर्दा झापा राजगढका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेश १ मा अहिलेसम्म कुल ३१ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुको बिराटनगरस्थित कोशी कोबिड १९ अस्पतालमा उपचार भइरहेको छ । जसमा भोजपुरका एक, झापाका दुई र अन्यमा उदयपुर र विराटनगरका रहेका छन् ।
- प्रतिष्ठानमा परीक्षणको दर बढाइदै
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय कोरोना संक्रमणको दर बढाइएको छ ।शुक्रबार ४८ वटा स्वाबको नमुना परीक्षण गरेकामा आइतबार ६१ र सोमबार १ सय ४ वटा स्वाबको नमुना परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ । मंगलबार(आज)पुनः १ सय वटा स्वाबको परीक्षण भइरहेको प्रतिष्ठानका सहप्रवक्ता ऐरले जानकारी दिए ।
प्रतिष्ठानमा ल्याब तयारीपछि अहिलेसम्म कुल ८ सय ८६ वटा नमुना परीक्षण गरिएको छ । जसमा १३ जनाको पोजेटिभ आएको छ । ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छैन भने तीन सय द्ध वटाको नतिजा आउन बाँकी छ । संघ सरकारको सहयोगमा प्रतिष्ठानमा गएको १६ चैतमा कोरोनाको परीक्षणका लागि ल्याब स्थापना गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्