×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना नियन्त्रण कोषमा प्रदेश ५ का प्रमुखद्वारा एक महिनाको पारिश्रमिक जम्मा

PRIME CA

कोरोना नियन्त्रण कोषमा प्रदेश ५ का प्रमुखद्वारा एक महिनाको पारिश्रमिक जम्मा

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल – कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकोषमा प्रदेश नं. ५ का प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । यादवले कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।
प्रदेश प्रमुखले प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पुर्याउन आग्रह पनि गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: