
- अर्थ सरोकार सम्बाददाता
बागलुङ – धौलागिरि अञ्चल अस्पतालमा उपचाररत नेपालकी पाचौं कोरोना संक्रमित १९ वर्षीया युवतीको रिपोट नेगेटिभ आएको छ । पाचौं पटक गरिएको थ्रोट स्वाब परिक्षणको रिपोट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए ।
चैत ४ गते क्यु आर ६५२ नम्बरको जहाजमा सवार बागलुङ नगरपालिका ४ कुडुलेकी ती युवतीमा चैत १५ गते कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार हुँदै नेपाल फर्केकी थिइन् । अब शुक्रबार छैटौं पटक स्वाब परीक्षणका लागि पठाइने र उक्त रिपोर्ट पनि नेगेटिभ आएमा डिस्चार्ज गरिने पोखरेलले जानकारी दिए । ती युवती पनि सञ्चो भएर घर फर्केपछि बागलुङ कोरोना मुक्त हुनेछ अर्थात् बागलुङमा कोराना संक्रमित रहने छैनन् ।
युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला पनि निको भएर केही दिनअघि घर फर्किसकेकी छन् । नेपालमा अहिलेसम्म कूल ४७ सङ्क्रमितमध्ये ९ कोरोनामुक्त भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्