
- अर्थ सरोकार सम्बाददाता
धुलिखेल – आजदेखि धुलिखेल अस्पतालमा पनि कोरोना भाइरसको परिक्षण सुरु गरिएको छ ।अस्पतालले पहिलो चरणमा हप्तालप दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने जनाएको हो ।
अस्पतालका चिकित्सक डा.राजेन्द्र कोजूका अनुसार सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिनेछ । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रूपैयाँ उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए।
धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षणका लागि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्