
- दिलिप भुसाल
कोभिड १९ ले संसारलाइ नै तहसनहसको अवस्थामा पुर्याएको अवस्थामा छ, यसले विश्व अर्थब्यबस्थालाइ नै ठाडो चुनौती दिएको सहजै अनुमान गर्न सकिन्छ, विश्वको दास्रो आर्थिक शक्तिबाट शुरु भएको कोभिड १९ चिनले त लगभग नियन्त्रणको दायरामा लिनै लाग्दा त्यसको ठुलो बाछिटा विश्व महाशक्ति राष्ट्र अमेरिका लगायतका सवै देशलाइ परेको छ, यसले संसारलाइ कुन बाटोमा डोर्याइ रहेको छ त हरेक कोणबाट विश्लेषण गर्न थालिएको छ त्यसैको शिलशिलामा यो लेख तयार पारिएको छ ।
राजनितिक मानसिकता र कोभिड १९
अहिले सम्म अमेरिकाले आफ्नो आर्थिक तथा राजनितिक अस्तित्व विश्वकै महाशक्तिको रुपमा प्रस्तुत गर्दै आएको छ, कोभिड १९ ले के त्यो कायमै होला त ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो कायम राख्न सक्लान त ? समाजमा बिभिन्न विश्लेषणहरु हुन थालेको छ, चिनले कोभिड १९ लाइ लगभग नियन्त्रणमा लिएर विश्वमा आफ्नो प्रभाव देखाउने सहि समयको रुपमा आफुलाइ प्रस्तुत गरिरहेको छ उता अमेरिका भने यसको फैलावट रोक्न हम्मेहम्मे परिरहेको अवस्थामा छ, अझै यसबाट पुर्ण रुपमा मुक्त हुन १ वर्ष भन्दा बढि लाग्न सक्ने अनुमान गरिएको छ जसले अमेरिकाको अर्थतन्त्र धरमर हुने देखिन्छ, चिनले नियन्त्रणमा लिएर पहिलेको अवस्थामा फर्किन लाग्दा, विश्व त्यसमै फनफनी घुमीरहेको देखिन्छ , अमेरिकाले अहिलेको बाटोमा हिडेर कोरोना नियन्त्रण कठिन हुने देखिन्छ ।
अन्य देसले चिनले अपनाएको लकडाउन मोडललाइ अङ्गिकार गर्दा अमेरिका चिनले अपनाएको मोडल अपनाए चिनको पिछलग्गु हुन्छु भन्ने शोचमा देखिएको सामान्य मान्छेले पनि बुझ्नसक्ने अवस्था छ र यो मानसिकता नै कोरोना नियन्त्रणमा तघारो बनेको हामी बुझ्न सक्छौ, अमेरिकाका विभिन्न नगरका मेयर साथसाथै राष्ट्रपतिको कुरा सुन्दा अमेरिका किन लकडाउनमा गएको छैन भन्ने कुरा प्रष्ट छ राजनितिक रुपमा चिन माथि गएको अमेरिकाले देख्न सक्दैन यदि उ चिनले अपनाएको मोडलमा गयो भने राजनितिक रुपमा चिन सफल भएको ठहर्छ त्यहि मानसिकता नै कोरोना नियन्त्रणको बाधक हो कि भनेर बुझ्ने धेरै छन ।
अर्थतन्त्रमा पर्ने प्रभाव
चीनको अवस्था विस्तारै सामान्य जनजीवनतर्फ उन्मुख हुदाँ बाँकी विश्व (केहि देश बाहेक ) लकडाउनको अवस्थामा छन त्यसको मतलब बाँकी विश्व काम नगरी सुतिरहेको छ र आपुर्तिको जिम्मा विस्तारै चीनको हातमा जादैँ छ यसको मतलब बाँकी विश्वले आफुलाइ आवश्यक पर्ने सामाग्री चीनबाट किन्दै छ, विश्वको मुद्रा चीनमा केन्द्रित हुदै छ सोच्नुस अब त्यहाँको अर्थब्यबस्था कस्तो होला, अमेरिका लगायत युरोपेली मुलुक चीनको आर्थिक तथा राजनितिक प्रतिस्पर्धि हुन, उनिहरु कोरोनाको कहरमा छट्पटिदा उनिहरुकालागि आवश्यक औषधि तथा अन्य सर्जिकल सामाग्रीको जिम्मा चीनले लिएको जस्तो देखिन्छ अब विचार गरौ चीनको ब्यापार कहाँ पुग्ला ? कोरोना नियन्त्रणको लागि चिनको शैलि अपनाएको विश्वले राजनितिक रुपमा अप्रत्क्ष लिडरसिप दिए जस्तो छ अव चिन आर्थिक रुपमा पनि महाशक्तिको दौडमा छिटै छलाङ्ग हान्ने प्रष्ट देखिन थालेको छ ।
अन्त्यमा
अमेरिका र चिनको ब्यापार युद्ध सतहमै आएको हामीले देखेकै थियौ, राजनितिक रुपले घोचपेच त सामान्य भैहाल्यो अब कुनै अतियार विना, कुनै नियन्त्रण विना, कुनै वाकयुद्ध विना चीनले विश्व महाशक्ति आफ्नो पोल्टामा पार्दैछ कोभिड १९ लाइ जैविक हतियार बनाएको एक अर्काले आरोप लगाएपनि क्षति सबैतिर भएको जगजाहेरै छ चीन जनता मार्नको लागि आफ्नो देशमा यस्तो हतियार पक्कै बनाएन र अमेरिकाले आफ्नो देशसमेतलाइ तहसनहस बनाउने गरेर फैलाएन होला भन्नेमा विश्वास राख्दै कोरोना नियन्त्रणको लागि सारा विश्वलाइ शुभकामना
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्