×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राजिलका नागरिक बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्सको न्यारोबडी, आजै काठमाडौँ फर्किने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

ब्राजिलका नागरिक बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्सको न्यारोबडी, आजै काठमाडौँ फर्किने !

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ –  नेपालमा छुटेका ब्राजिलका ३४ भन्दा बढी नागरिक लिएर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज दिल्ली उडेको छ । नेपालस्थित ब्रजिलियन दूतावासले जहाज चार्टर्ड गरेको हो । ब्रजिलियन नागरिकलाई नयाँदिल्ली पुर्‍याएर जहाज आजै साँझ ५ः०० बजे काठमाडौं फिर्ता हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

ब्राजिलले भारतबाट पनि आफ्ना नागरिक फिर्ता लाने हुनाले सोही बेला नेपालमा रहेका ब्राजिलका नागरिकलाई समेत दिल्लीबाट ब्राजिल उडाउन लागिएको हो । लकडाउनका अवधिमा करीव ४ हजार विदेशी नागरिक फिर्ता भइसकेका छन् । सबैभन्दा बढी उडान गर्ने कतार एयरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ । निगमले यो अवधिमा पाँच वटा अन्तरराष्ट्रिय उडान भरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी