
- रासस
कैलाली – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुराका स्थानीयमा त्रास बढ्न थालेको हो ।
यहाँका पहाडी जिल्लाबाट कामका लागि वर्षेनी बढीभन्दा बढी स्थानीयवासी भारततर्फ जानेको गरेको र अहिले पनि कामका लागि भारततर्फ गएका नेपालीहरु सीमावर्ती विभिन्न नाकाबाट फर्किने क्रम जारी राखेकाले स्थानीयवासीमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीयवासी किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएकामा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै जना भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ की भन्ने चिन्ता लाग्दै छ ।”
सुदूरपश्चिम प्रदेशमा शनिबार देखिएका सङ्क्रमितमध्ये दुई कैलाली र एक कञ्चनपुर जिल्लाका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सङ्क्रमितमध्ये दुईजना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकमा पनि कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सिर्जना भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “हुलका हुल मान्छे भारतबाट आएका छन्, कसैमा कोरोना देखिन थालेको छ, त्यही कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।”
सङ्क्रमणको पुष्टि भएका कैलालीका २१ वर्षीय युवा चैत ११ गते लकडाउनपछि गौरीफण्टामा थुनिएका ९९९ मध्येका एक भएको खुल्नमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उनीहरुसँगै डोटी आएका केही व्यक्तिलाई जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको भए पनि सबै नागरिक क्वारेन्टाइनमा नभएका कारण पनि समस्या हुनसक्ने भन्दै यहाँका पहाडी जिल्लामा त्रास बढ्न थालेको स्थानीयवासी बताउँछन् । डोटीमा मात्रै चैत ११ गते यता भारतबाट आएका ४३४ जना क्वारेन्टाइनमा छन् । लकडाउनभन्दा अगाडि आएका सयौँ युवा गाउँगाउँ पसिसकेका छन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेका नागरिकको खोजी कार्य गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेकाको खोजीकार्य शुरु गरेका छौँ, सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने छौँ ।” जिल्लामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी पूरा गरिसकेकाले कोही कसैले डराउनुपर्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा अहिलेसम्म कोरोनाको शङ्कास्पद बिरामी भेटिएका छैनन् । जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीनको स्वाब परीक्षण गरिएको भए पनि सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । कैलाली र कञ्चनपुरमा चारजना सङ्क्रमितको पुष्टि भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आइसोलेसन कक्ष बढाउन थालिएको छ । जिल्ला अस्पतालमा अहिले १० वटा आइसोलेसन कक्ष बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना नियन्त्रणका लागि हामी निकै सजग भएका छौँ, सोहीअनुरुप अस्पतालमा कक्षको सङ्ख्यासमेत थप गरेका छौँ ।” जिल्लामा रहेका निजी अस्पतालमा पनि अवस्थाअनुसार आइसोलेसन कक्ष बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्