×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा प्रहरीले डाक्टरमाथि लाठि बर्साएपछि टिचिङ अस्पतालमा हंगामा, अझ ‘प्रहरी मेरो साथी’ रे !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मध्यरातमा प्रहरीले डाक्टरमाथि लाठि बर्साएपछि टिचिङ अस्पतालमा हंगामा, अझ ‘प्रहरी मेरो साथी’ रे !

Artha Sarokar

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संबाददाता 
काठमाडौं – बुधबार मध्यरात प्रहरीले डाक्टरमाथि लाठि बर्साएपछि त्रिवि शिक्षण अस्पतालमा हंगामा मचेको छ । लकडाउन उल्लङ्घन गरेको नाममा ड्युटीमा रहेका डाक्टरमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीले खाना खान हिँडेका डाक्टरमाथी लाठीचार्ज गरेको भन्दै डाक्टरहरू आन्दोलित भएका छन् ।
लाठीचार्जबाट २ डाक्टरलाई चोट लागेको प्रहरी उच्च स्रोतले जनाएको छ । अस्पताल परिसरमै डाक्टरमाथी हातपात भएपछि अहिले मध्यरातमा डाक्टरहरू बिरामी जाँच्न छाडेर आन्दोलित भएका छन् भने त्यहा तनावको अवस्था सिर्जना भएको छ । 
डाक्टर र प्रहरीबीच केही विवाद भएपनि अहिले सो विवाद साम्य भएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । आजै प्रहरीबाटै अन्य ३ जना डाक्टरमाथि आक्रमण भएको थियो । लेभल ३ कोभिड अस्पतालको रुपमा तोकिएको TUTH IOM मा कार्यरत तीन जना आवसीय चिकित्सकमाथि डयुटी सकि फर्कने क्रममा कान्ति अस्पतालको पछाडि ओरालोमा प्रहरीबाट हातपात र लाठीचार्ज भएको थियो ।
नेशनल रेसिडेन्ट डक्टर एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेको छ । विज्ञप्तिमा प्रहरीमाथि कारबाही नभए कडा कदम चान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी