×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलरकाे भाउ अहिलेसम्मकै महँगाे, हेर्नुहोस् अन्य देशको विनिमयदर कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

डलरकाे भाउ अहिलेसम्मकै महँगाे, हेर्नुहोस् अन्य देशको विनिमयदर कति ?

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बिहिबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ३१ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी