
काठमाडौँ – संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परीक्षणबाट संक्रमण नदेखिएको जानकारी दिए। उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए। फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए।
कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए। यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो।
संयुक्तराज्य अमेरिका अहिले कोरोना भाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ। अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन्। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्