
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना (कोभिड-१९) संक्रमण थप फैलन नदिन लकडाउन गर्नेबारे आफूले केही नसोचेको बताएका छन्। बुधरबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिले नै देशभित्र चलिरहेका रेल र आन्तरिक उडान रोक्नेबारे पनि कुनै विचार नगरेको उल्लेख गरेका हुन्।
‘लकडाउन’ लगाउने फैसला गर्दा देशको अर्थव्यवस्थामा असर पर्नसक्ने भन्दै उनले धेरैभन्दा धेरै मानिसहरुको स्वास्थ्य परीक्षण गर्नेबारे आफूले सोचिरहेको उनको भनाई थियो । ट्रम्पले एउटै मास्क २० पटकसम्म प्रयोग गर्न पनि सुझाएका छन्। गत मंगलबार त उनले मास्क नहुनेहरुलाई कपडाले मुख छोप्न आग्रह गरेका थिए। निकै तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहँदा अमेरिकामा एन ९५ मास्क र सर्जिकल मास्क अभाव भएको तथ्य बाहिरिएको छ।
आफूहरुलाई एउटै मास्क बारम्बार प्रयोग गर्न र त्यो पनि उपलब्ध नभए कपडाले मुख छोपेर काम गर्न भनिएको स्वास्थ्यकर्मीले बताएका छन्। कोरोना संक्रमणले महामारीको रुप लिएपनि अमेरिकी सरकारले निकै लामो समयसम्म आफ्ना नागरिकलाई मास्कको प्रयोग गर्न भनेको थिएन। स्वीडेनको उदाहरण दिँदै ट्रम्पले देशमा आम जनजीवनलाई साविक झैं चल्न दिनुपर्ने तर्क गरेका हुन्। लकडाउन गरेका देशहरुको अन्य समस्या देखिएको समेत उनले दाबी गरेका छन्।
यसअघि मंगलबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकामा कोरोना महामारीको अवस्था इटलीकै जस्तै भयावह हुनसक्नेमा चिन्ता व्यक्त गरेका थिए। कोरोना संक्रमणका कारण इटलीमा सबैभन्दा धेरै मानिसहरुको ज्यान गएको छ। हालसम्म त्यहाँ १३,१५५ जना संक्रमितको ज्यान गइसकेको छ।
संक्रमितको संख्या दुई लाख १३ हजारभन्दा बढी
जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार अमेरिकाभर हालसम्म २,१३,३७२ वटा कोरोना संक्रमणका मामिला भेटिएका छन्।अहिलेसम्म ४,७५७ जनाले ज्यान गुमाएका छन्। अन्य भूभागको तुलनामा न्युर्योकमा सबैभन्दा धेरै मानिसमा संक्रमण भेटिएको त्यहाँका गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिएका छन्। बाँकी राज्यहरुमा पनि भयानक स्थिति आउन सक्ने उनको चेतावनी छ।
स्वास्थ्य सामग्रीको अभाव
कोरोनाबाट जुध्न अमेरिकामा स्वास्थ्य सामग्रीको निकै अभाव भएको छ। कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कलाई स्टेरिलाइज गरेर पटक–पटक प्रयोग गर्न सकिने बताएका थिए। संकट गहिरिँदै र थप फैलँदै गएपछि ट्रम्पले अमेरिकाका लागि आगामी दिन भयावह हुन सक्ने बताएका छन्। महामारीसँग जुध्न सरकारले अस्पताल बनाइरहेको भन्दै नागरिकलाई कोरोनासँग जुध्न तयार रहन भनेका छन्। -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्