Skip to content
LAXMI SUNRISE BANK

डाक्टर कुट्ने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाईएको छ । लम्साललाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्नुपर्न भएकोले उनलाई रानीपोखरी कार्यलयमा झिकाईएको महानगरीय प्रहरी प्रवक्ता श्याम लाल ज्ञावलीले बताए ।
यसअघि बिहीबार बिहान मेट्रोले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा एसपी मुकेश सिंह र डीएसपी होबिन्द्र बोगटी सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहले ड्युटी सकेर खाना खाएर फर्किरहेका बेला प्रहरीले पिटेको आरोप लगाएका छन्। स्रोतका अनुसार लम्साल आफुले नपिटेपनि उनी घटनास्थलमै उपस्थित थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK