×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाको एकाउन्ट कसरी डिलिट गर्ने ? इसेवाले नै बताइदियो तरिका !

LAXMI SUNRISE BANK

इसेवाको एकाउन्ट कसरी डिलिट गर्ने ? इसेवाले नै बताइदियो तरिका !

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय इसेवाको एकाउन्ट डिलिट गर्न खोज्नेहरु बढेका छन् । एफवान सफ्ट अन्तर्गतको एक कम्पनीले अरुको न्युज पोर्टल नै ह्याक गरेको पुष्टी भएपछि एफवान सफ्टले बनाएको इ सेवा प्रयोग गर्नेहरु घटेका हुन् । अहिले सामाजिक संजालमा इसेवा कसरी अनइन्स्टल गर्ने वा इसेवामा आफ्नो एकाउन्ट कसरी डिलिट गर्ने भन्ने प्रश्न धेरैको छ । कसरी डिलिट गर्ने त इसेवाको एकाउन्ट ? इसेवाले नै तरिका बताईदिएको छ ।
इसेवाका अनुसार पहिला ब्यालेन्स ० बनाउने अनि इसेवा एकाउन्ट डिलिट गरी पाउँ भनी कारण सहित इसेवालाई मेल गर्ने। यसो गरिएपछि इसेवाले तपाईंको एकाउन्ट डिलिट गरिदिन्छ । चाहिएको बेला इसेवामा पुन: एकाउन्ट खोल्न मिल्छ । 
यसो गर्नुको सट्टा सून्य ब्यालेन्स बनाएर इसेवा प्रयोग नै नगरेपनि हुने जानकारहरुको सुझाव छ । ‘मेल गर्ने झन्झट किन गर्ने ? बरु ब्यालेन्स सून्य बनाउने अनि प्रयोग नै नगरे भयो ।’ एक विज्ञले भनेका छन् । पछिल्लो समय इसेवा प्रयोग गर्नेहरु घटेसँगै अन्य सेवा प्रदायकहरुको वालेटको डाउनलोड संख्या बढेको छ । यसको फाइदा आइएमइ पे, खल्ती, प्रभु पे लगायतले पाईरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी