×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस रोकथामका लागि नेपाललाई युरोपेली युनियनकाेको झन्डै १० अर्ब सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना भाइरस रोकथामका लागि नेपाललाई युरोपेली युनियनकाेको झन्डै १० अर्ब सहयोग

Artha Sarokar

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न र यसको नियन्त्रण गर्न युरोपेली युनियन (ईयू) ले नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ईयूले ७५ मिलियन युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ सहयोग नेपाललाई दिन लागेको हो ।
ईयूले दिन लागेको उक्त सहयोगमा ५५ मिलियन युरो अर्थात् करिब ७ अर्ब २६ करोड ८३ लाख ८७ हजार रुपैया“ पहिले नै सहयोगको लागि प्रतिबद्धता गरेको रकमबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई गर्न दिन लागेको हो । यस्तै, २० मिलियन युरो अर्थात् करिब २ अर्ब ६४ करोड ३४ लाख ७९ हजार भने ईयूले सहयोगको रुपमा नया“ प्रतिबद्धता गरेको हो ।
नेपालका लागि ईयूकी राजदूत भेरोनिका कोडीले यो संकटको समयमा ईयू नेपालको लागि भरपर्दो साथी र सहयात्री भएको बताएकी छन् । ‘हाम्रो सहयोगले नेपाल सरकारलाई यस संकटको घडीमा काम गर्न सहयोग गर्छ । त्यसले गर्दा आउन सक्ने ठूलो खतरालाई कम गर्न काम गर्छ,’ उनले भनेकी छन्,‘यो समयमा अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता अन्य समयभन्दा बढी महत्वपूर्ण छन् ।’
विज्ञप्तिअनुसार ईयूले झन्डै १५ अर्ब रुपैया“ विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको छ । उक्त सहयोग कमजोरमा अवस्थामा रहेका र स्वास्थ्य प्रणाली खराब भएका मुलुकहरुका लागि हो ती मुलुकहरुमध्ये नेपाल एक हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी