×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी वैशाख र जेठका लागि तय भएका सबै परिक्षा स्थगित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आगामी वैशाख र जेठका लागि तय भएका सबै परिक्षा स्थगित !

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परिक्षा स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुसार वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । वैशाख र जेठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गरिएको छ । यस्तै पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिजको पूरा तथा आंशिक परीक्षा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जानकारी दिएको छ । 
यसअघि विश्वविद्यालयले चैत महिनाका लागि तय भएका सबै परीक्षा स्थगित गरिसकेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी