काठमाडौँ । बिश्वास ढकाल अर्थात एफवान सफ्टका मालिक । इ सेवाका मालिक र कुनै बेलाको कम्पनी क्यास अन एडका मालिक । क्यास अन एड नामक कम्पनीले जनताको करोडौं रुपैयाँ नदिएर बन्द भयो, एफ वान सफ्ट अहिले चरम विवादमा छ । तर झुट बोल्न कति पनि लाज नमान्ने विश्वाश ढकाल भने आफु इसेवा पनि नहेर्ने, एफवान सफ्ट पनि नहेर्ने बताउँ छन् ।
उनको कम्पनी उनले नहेरे कसले हेर्छ त ? कुनै बेला जनताको पैसा नदिएरै बन्द भएको क्यास अन एडबारे सोध्दा उनी बाङ्गो बाङ्गो जवाफ दिन्छन्, अझ उक्त कम्पनीका सीइओको पूरा नामसमेत थाहा छैन भन्छन् । जनताको पैसा नै नतिरी बन्द भएको क्यास अन एडका बारेमा सोध्दा उनले के के भने ? हेर्नुहोस् उनको यो जवाफसहितको अन्तर्वार्ता