- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार दिउँसो साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गरेपछि उनको व्यापक आलोचना भएको छ । तर उनले आफ्नो आलोचना भएकोमा कुनै दुख नभएको बताएका छन् । अर्थ सरोकार र रेडियो धनगढीबाट प्रशारण हुने कार्यक्रम तातो बहसमा पत्रकार नवराज धानुकसँग कुराकानी गर्दै उनले पूर्वाग्रही रुपमा गरिएका आलोचनाले आफुलाई कुनै फरक नपर्ने स्पष्ट पारेका छन् । सुनौं पत्रकार धानुक र मुख्यमन्त्री त्रिलोचन भट्टबीच भएको यो ‘तातो बहस’: