
- अर्थ सरोकार सम्बाददाता
दाङ – दाङमा कोरोना भाइरसबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।
यस्तै भारतबाट तरकारी आयात गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले संचालनमा ल्याएको तरकारी बजार आज बन्द गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतका अनुसार कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै भारतबाट तरकारी आयात नगर्ने निर्णय विपरित तरकारी फलफूल आयात भएपछि तुलसीपुर-६ स्थित बजार सिल गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्