
- अर्थ सरोकार सम्बाददाता
पाँचथर – फिदिम नगरपालिका–५ का वडाअध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३५ वर्षिया उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो । बिहीबार सिकिस्त बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बीएण्डसी अस्पताल लगिएको थियो ।
बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार भेन्टिलेटरमा राखेर उपचारका क्रममा तुम्बापोको शुक्रबार दिउँसो साढे दुई बजे अस्पतालले मृत घोषणा गरेको बताए । उनको शव शुक्रबारै पाँचथर ल्याइने हाल बीएण्डसी अस्पतालमै रहेका सुमन तुम्बापोले बताए । राष्ट्रिय युवा संघ पाँचथरका सह–संयोजकसमेत रहेका तुम्बापो गत स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट फिदिम–५, को वडा अध्यक्षमा निर्बाचित भएका थिए ।
गम्भीर बिरामी भएर उपचारका क्रममा बाबुको निधन हुनु केहीघण्टा उनी घरमा दोश्रो सन्तानका रुपमा छोरीको जन्म भएको थियो । शुक्रबार बिहान ३ बजेको समयमा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले बताइन् ।अब उनको परिवारमा अब दुई छोरी भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्