
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा पाइप उद्योगको गोदाममा आगलागी भएको छ । वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको हो ।
गोदाममा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले दिएको जानकारी अनुसार आगलागीबाट एक थान मोटरसाइकलसमेत जलेको छ भने गोदम आसपासका घरका झ्यालहरुमा सामान्य क्षति पुगेको छ ।
दिउँसो १ बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिइएको थियो । सञ्चालक विनय नेपालका अनुसार गोदाममा कामना र मनकामना प्लाष्टिक पाइप फ्याक्ट्रीबाट उत्पादित पाइप राखिएको थियो । आगलागी कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्