Skip to content
LAXMI SUNRISE BANK

बन्दुकधारीले फायरिङ गरेर लघुवित्तका कर्मचारीको पैसा लुटे !

अर्थ सरोकार

बारा । बारामा निर्धन उत्थान लघुवित्तका एक कर्मचारी लुटिएका छन् । बाराको प्रसौनीस्थित लघुवित्तका जीवन खड्का फेटा गाउँपालिका–२ जगतपुरमा रकम संकलन गर्न जाँदा लुटिएका हुन् । 
भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन् । 
हतियारसहित आएका बन्दुकधारीले फायरिङ गरेर पैसा लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

यो घटना भने केहि समय अगाडीको हो । 

(२०७६ कार्तिकको समाचार प्राविधिक त्रुटिका कारण आज प्रकाशित भएकोमा क्षमा चाहान्छौँ । समाचारको फलोअप लकडाउन खुलेपछी गर्नेछौँ । – सम्पादक)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK