
काठमाडौँ – फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले मे ११ देखि खुकुलो हुने लकडाउनमा मान्छेहरुले सार्वजनिक यातायात र विद्यालयमा मास्कको अनिवार्य गर्नुपर्ने बताएका छन्। उनले सबै कम्पनीलाई आफ्नो कर्मचारीहरुलाई मास्क वितरण गर्ने आदेश दिइएको बताएका छन्। केही स्थानमा भने सरकारले समेत सहयोग गर्ने प्रधानमन्त्री फिलिपले बिबिसीलाई बताएका छन्।
मे ११ देखि ट्राम, रेल वा मेट्रो लगायत सार्वजनिक यातायात प्रयोग गर्दा सबैले अनुहारको अनिवार्य मास्क लगाउनु पर्नेछ। विद्यालयहरूमा किन्डरगार्डेनका बालबालिकाले यसको अनिवार्य प्रयोग नपरे पनि ११ देखि १५ वर्षका मध्य विद्यालयका विद्यार्थीहरुलाई मास्कको प्रयोग अनिवार्य गरिनेछ। सरकारले मास्कको पहुँचमा नहुने विद्यार्थीहरूका लागि भने मास्क उपलब्ध गराउनेछ।
प्रधानमन्त्रीले हरेक कक्षामा जम्मा १५ जना सम्म विद्यार्थी राख्न मिल्ने बताएका छन्। गैर-आवश्यक पसलहरू र बजारहरू समेत ११ मे देखि पुनः संचालनमा ल्याउन सक्नेछन्। तर बार र रेस्टुरेन्टहरू भने हालका लागि बन्द नै रहनेछन्।
युरोपका राष्ट्रहरु मध्ये फ्रान्सले समेत कोरोना भाइरस संक्रमणका कारण उच्च मृत्यु दर सामना गरेको छ। मंगलबार मात्र संक्रमणका कारण ३६७ जनाले ज्यान गुमाएका छन्। योसँगै भाइरसका कारण ज्यान गुमाउने कुल संख्या २३ हजार ६ सय ६० पुगेको छ। देशका स्वास्थ्य मन्त्रालय अनुसार १ लाख २९ हजार ८ सय ५९ जना संक्रमित पुष्टि भएका छन्।
यद्यपी दैनिकी संक्रमण संख्यामा भने गिरावट देखिएका बिबिसीले जनाएको छ। अस्पताल भर्नादर र गम्भीर अवस्थाका बिरामीहरूको संख्या घट्दै गएको छ। ‘लकडाउनका कारण फ्रान्समा एक महिनामा झन्डै ६२ हजार जनाको ज्यान जोगिएको छ। तर आर्थिक संकटबाट बच्न उपायहरू सहज बनाउने समय आएको छु, संसदहरुलाई सम्बोधन गर्दै फिलिपले भने।’
‘जबसम्म खोप वा प्रभावकारी उपचार उपलब्ध हुँदैन, हामीले भाइरससँगै बस्न सिक्नुपर्नेछ,’ प्रधानमन्त्रीले फ्रान्सको प्राथमिकताहरु ुसंरक्षण, परीक्षण, पृथकु को संक्षेप दिएका छन्। ११ मे सम्म संक्रमण प्रतिदिन ३ हजारभन्दा कम नभएमा लकडाउन सहज नहुने उनको भनाइ छ। फ्रान्समा गत दुई सातादेखि दैनिकी औसत २ हजार १६२ नयाँ संक्रमित देखा परिरहेका छन्। -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्