काठमाडौँ – कोरोनाभाइस सङ्क्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले जानकारी दिएका छन् ।
अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भने, ‘सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २.२ प्रतिशतमा झरेको थियो । तर अहिले अवस्था योभन्दा अझ खराब हुने देखिएको छ ।’ उनले फ्रान्सको आर्थिक वृद्धिदमा निकै गिरावट आउने अवस्था आएको भन्दै एएफपीसँगको कुराकानीमा समितिमा आफूले यसबारे जानकारी गराएको बताए ।
‘हामीले सन् २०२० मा आर्थिक वृद्धिदर २.९ प्रतिशत कायम हुने प्रक्षेपण गरेको भएपनि कोरोनाभाइरसको सङ्क्रमणको प्रकोपका कारण खराब देखिएको छ ।’ उनले भने, ‘यो हामीले सामना गरिरहेका आर्थिक झट्काको आयामको सङ्केत हो ।’ फ्रान्सले मार्च १७ देखि देशव्यापी रूपमा देशका सम्पूर्ण अत्यावश्यक मानवीय बाहेकका सेवालाई अप्रिल १५ सम्म लागु हुनेगरी बन्द गरेको छ ।
फ्रान्सको तथ्याङ्कको लागत राख्ने कार्यालय ‘ईन्से’ का अनुसार लकडाउनका कारण फ्रान्सको सम्पूर्ण अर्थतन्त्रको करिब ३५ प्रतिशत गतिविधिमा कमी आएको जनाएको छ । हरेक महिनाको बन्दले कारण मुलुकको बार्षिक कूल ग्राहस्थ उत्पादनको तीन प्रतिशत अङ्कलाई प्रभावित पार्ने गर्दछ । कोरोनाभाइरसको प्रकोपका कारण सेवा, ठूला उद्योग र निर्माण सबैमा व्यापक प्रभाव परेको छ । कारखानाहरु बन्द छन् र सुपरमार्केट र फार्मेसीहरु जस्तै केही हातमा गन्न सकिने व्यापार क्षेत्र खुला रहने गरेको ईन्सेको तथ्याङ्क छ । – रासस/एएफपी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्