
सरकारले ल्याएको आदेशले नेकपाको स्थिति के हुन्छ भन्ने कुरामा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अन्य दुइ पार्टी भने फुट्ने निश्चित भएको चर्चा तीनै पार्टीमा हुन थालेको छ ।
‘राजपा विभाजनको संघारमा छ तर विद्यमान कानुनले समस्या पारेको छ । समाजवादी पार्टीमा पनि त्यस्तै अवस्था छ । अब यी दुवै पार्टी फुट्छ।’ समाजवादी पार्टीका एक बरिष्ट नेताले भने।
‘यो हामीभित्रको समस्याका कारण भन्दा पनि अरुका लागि ल्याइएको हो’ नेकपा सचिवालय दाबी गरिरहेको छ।
यता बिकसित राजनीतिक तरङ्गमा नेकपाका कार्यकर्ताहरुले भने व्यंग्यात्मक सुझाव दिन थालेका छन्। ‘एकतापछी नेकपा ठूलो पार्टी भो, सदस्य र कार्यकर्ताको हुल ठुलो भो, ठूलो जेटमा यात्रा गर्नु पर्ने अवस्था आयो । यहि क्रममा विश्वमा कोरोना भाइरस महामारी आयो । हुल सहित जेटमा यात्रा गर्दा कोरोना सर्ने सम्भावना भयो । त्यसकारण पुरानै तरिकाले आआफ्नो घरमा बस्ने सर्कुलेसन जारी पनि हुन सक्छ । यसलाइ अन्यथा नसोचौ कमरेडहरु । यो बेला मिल्ने भन्दा पनि जतिसक्दो एक्लिदा नै राम्रो हुन्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
सुन्दा रमाइलो सुनिएपनि यो लेखाइमा पार्टीभित्रको वितृष्णा छचल्किएको छ ।
यता प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्