Skip to content
LAXMI SUNRISE BANK

जिउँदी आमा मरेको झुटो विवरण दिइ गाडी कुदाउने पास, थाहा पाएपछि आमा भक्कानिएर रोइन् !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । व्यवसाय गर्नका लागि जिउंदै रहेकी आफुलाई मरेको बनाउँछ, त्यो पनि आफ्नै छोरोले । यस्तो सुन्दा एउटी आमालाई कस्तो हुन्छ होला ? हो, त्यस्तै भएको छ एक आमालाई ।   लकडाउनको समयमा झुटो विवरण दिएर सवारी पास लिने तीन जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरी प्रभाग पुल्चोकको टोलीले सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ६ महोलिया घर भएका शुभनारायण चौधरी, जितेन्द्र प्रसाद चौधरी र नरेश चौधरीलाई नियन्त्रणमा लिएको हो ।
शुभनारायण चौधरीले आमाको मृत्यु भएकोले काजकृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पास लिएको महानगरीय प्रहरी परिसर ललितपुर एसपी दुर्गा सिंहले बताइन् । उनकी आमाले यस्तो थाहा पाएपछि उनी भक्कानिएको उनका छिमेकीले बताए ।  जवकी उनकी आमालाई केहि भएको छैन । चौधरीले सोमबारदेखि लागू हुनेगरि एकदिनको लागि ३-०८-००५ ख ९१९८ नम्बरको भएको बसको पास लिएका थिए ।
सोमबार उनी ३० जना यात्रुहरु लिएर सप्तरी जना लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधखोज गरेको थियो। प्रहरीको अनुसन्धानमा आमाको मृत्यु भएको विवरण झुटो देखिएपछि नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिइन। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK