×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना भाइरसले निम्त्याएको महासङ्कटमाथि विजय हुन्छ’ : मुख्यमन्त्री गुरुङ

अर्थ सरोकार

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार

PRIME CA

‘कोरोना भाइरसले निम्त्याएको महासङ्कटमाथि विजय हुन्छ’ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एकापसमा सहकार्य र सहयोगको भावनाका साथ उद्धार, राहत र पुनर्निर्माण अभियानमा जुटेको बताएका छन् । छैटौँ गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज सन्देश दिँदै उनले कोभिड–१९ ले निम्त्याएको महासंकटमाथि विजय प्राप्त गर्न हामी सबैलाई अवश्य प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य भएको बताउँदै बन्दाबन्दीको पूर्णपालनासहित यसबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्नका लागि सबैमा आग्रह गरेका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: