काठमाडौं – नेपाल ग्यास उद्योगले आज बुधबार उपत्यकाको विभिन्न ३७ स्थानमा ग्यास वितरण गर्ने भएको छ । लकडाउनलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले यस्तो व्यवस्था गरेको हो ।
नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक अन्य ३७ डिलरहरु मार्फत ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रदेशन नं ३ अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ग्यास वितरण गर्ने जनाइएको छ ।