×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते, स्कुटर जलेर नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते, स्कुटर जलेर नष्ट

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा ७१ प ७४१ नम्बरको स्कुटर जलेर नष्ट भएको भएको छ । यसैबीच राति नै काठमाडौँ महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी