- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जर्मनीमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा पछिल्लो २४ घण्टामा मात्र दुई सय १५ जनाको मृत्यु भएको छ। यो समेतगरी जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको छ ।
त्यस्तै, जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई हजार तीन सय ५२ जनामा कोरोना संक्रमण फेला परेको छ ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका मानिसहरुलाई सावधान तथा होसियार रहन आग्रह गरेकी छन् । उनले मानिसहरुलाई कोरोना भाइरसको आगामी चणको सामना गर्न तयार रहनुपर्ने बताएकी हुन् । उनले कोरोना भाइरसको महामारी अझै लामो समयसम्म रहन सक्ने उनको भनाइ छ ।
मर्केलले अहिले लगाइएको प्रतिबन्ध लोकतन्त्रका लागि चुनौती रहेको पनि बताएकी छन् । यसले मानिसको अधिकार सीमित गरेको भए पनि प्रेस स्वतन्त्रतालगायतका कुरा सहन पनि सहज भएको बताएकी छन् । उनले जर्मनीका मानिसहरुले एकअर्काप्रति देखाएको सद्भावको प्रशंसा गरिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्