×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ १५ देखि शैक्षिक संस्था खोल्ने सरकारको तयारी, कहिले हुँदैछ एसईई परीक्षा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेठ १५ देखि शैक्षिक संस्था खोल्ने सरकारको तयारी, कहिले हुँदैछ एसईई परीक्षा ?

Artha Sarokar

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सञ्चारमाध्यमसँगको कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खोल्ने तयारी भइरहेको बताएका हुन् ।
उनले कोरोना महामारीको संक्रमण कम हुने बित्तिकै र लकडाउन खुल्ने बित्तिकै सबै शैक्षिक संस्था खोलिने स्पष्ट पारेका हुन् । अहिले महामारीका कारण विश्व विद्यालय तथा सिटिइभिटी अन्तर्गत परिक्षाहरु समेत रोकिएकाले लकडाउन खुलेको तेस्रो हप्तादेखि उक्त परिक्षाहरु समेत सञ्चालन हुने मन्त्री पोखरेले जानकारी गराएका छन् ।
यस्तै, लकडाउन खुलेको तीन हप्तापछि एसईईको परीक्षा गर्ने तयारी भइरहेको उनले बताए । लकडाउन खुलेको एक हप्ताभित्र कक्षा एक देखि नौ सम्मको नतिजासमेत सार्वजनिक हुने उनले बताए । मन्त्री पोखरेलले कक्षा १२को परिक्षा संघले, १० को प्रदेशले र आठ कक्षाको स्थानीय सरकारले गर्ने व्यवस्था रहेकाले तीनै तहका सरकारसंगको समन्वयमा रहेर एकदेखि नौ सम्मको नतिजा समेत लकडाउन खुलेको हप्ता दिन भित्रै सार्जजनिक हुने बताए ।
अहिले देशभरका दुई सय ४३ शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको जनाउदै मन्त्री पोखरेलले यद्यपी संकट कति लामो समयसम्म जान्छ र कस्तो स्वरुप लिन्छ भन्ने कुराले पनि प्रभाव पर्न सक्ने जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी