
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल सरकारले कोरोना महामारीका नेपाली कामदारलाई दक्षिण कोरिया लैजाने अनुमति दिएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । दक्षिण कोरियाले लकडाउनकै बीचमा भएपनि माग अनुसार भाषा परिक्षण उत्तिर्ण गरेर बसेका कामदार लैजाने आशय व्यक्त गरेपछि सरकारले बाटो खोलेको जनाइएको छ ।
नेपाले दक्षिण कोरियासँग गरेको श्रम सम्झौता अनुसार इपिएस अन्तर्गतका भाषा परिक्षा उत्तिर्ण गरेर प्रतिक्षा सूचिमा रहेकाहरुलाई कोरिया लैजान अनुमति दिने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको सूचना प्रविधि तथा सञ्चार मन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले जारी लकडाउन बिहिवार मध्यराति १२ सम्मका लागि बढाइएको जानकारी दिए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकाहरु आवागमन स्थगन गर्ने निर्णय बैशाख ३१ गते मध्यरातिसम्मको लागि बढाइएको जानकारी दिएका छन् ।
इपिएस अन्तर्गत कोरियामा काम गर्ने श्रमिकहरुलाई सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्