×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदुरपश्चिम प्रदेशको धनगढीमा कुन बैंकको एटिएम सेवा राम्रो ? कुन-कुनमा छ कोरोनाको उच्च जोखिम…? (फोटो फिचर)

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
धन गढी । कोरोना महामारीका त्रासका कारण अहिले पुरै देश लकडाउन गरिएको छ । अझ सबैभन्दा बढी संक्रमित भेटिएको सुदुरपश्चिम प्रदेशको धनगढीमा यसको त्रास फरक खालको छ । खुला सिमा भएकाले र त्यसमा पनि भारतबाट थुप्रै नेपाली देश भित्रिएकाले यसको त्रास झन् बढेको छ । यता सुदुरपश्चिम प्रदेशको धनगढीमा भने कतिपय बैंकहरुले जनस्वास्थ्यमाथि खेलबाड गरेका छन् । कतिपय बैंकहरुले एटिएममा स्वास्थ्य सुरक्षाको राम्रो प्रबन्ध गरेका छैनन् भने कतिपय बैंकहरुले भने जनस्वास्थ्यलाई निकै ख्याल गरेका छन् ।
सुरु गरौँ बैंक अफ काठमाण्डूबाट । नाम नै बैंक अफ काठमाण्डूबाट भएर होला सायद यो बैंकले धनगढीका जनताको स्वास्थ्यको खास ख्याल गरेको छैन । एटिएममा स्वास्थ्य-सुरक्षाको प्रत्याभूति छैन । सेनिटाईजरको व्यवस्था छैन । 

एनसीसी बैंक र सेन्चुरी बैंकको सेवा औसत छ । एटिएममा कहिले सुरक्षा प्रवन्ध राम्रो हुन्छ, कहिले त्यहाँ रहेका गार्ड वा अरु कोहीलाई भन्नुपर्छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममा समस्या परिरहने गुनासो गर्छन् स्थानीयहरु । स्वास्थ-सुरक्षाको प्रबन्ध पनि खास गतिलो छैन ।  

सिटिजन्सको लापरवाही उदेकलाग्दो छ । न सेनिटाईजरको व्यवस्था छ एटिएममा न साबुनपानीको । 

कुमारी बैंकको स्थितिपनि बेहाल छ । एटिएममा रिस्क छ । स्वास्थ्य प्रबन्ध राम्रो छैन ।  

सनराइजले चालेका कदम ठिक छन् । बैंकले चेतनामुलक ब्यानरहरु पनि राखेको छ । सेनिटाईर पनि गार्डले उपलब्ध गराउँछन् । 

देव बिकास बैंकमा स्वास्थ्य-सुरक्षाको स्थिति ठिक छैन ।

 एसबिआइ बैंकले स्वास्थ्य सुरक्षाको राम्रो व्यवस्था गरेको छ ।

कन्चन डेभलोपमेन्ट बैंकमा पनि सेनीटाईजर देखिएन । यहाँ पनि रिस्क नै देखियो ।

 कृषि बिकास बैंकले भने हात धुने व्यवस्थासमेत गरेको छ ।

 ठुलो बैंकको ठुलै पारा भनेजस्तै एनआइसी एशिया बैंकले भने सबैकुराको राम्रो प्रबन्ध गरेको छ ।

 ग्लोबल आइएमइ बैंकको एटिएममा पनि सेनिटाईजर् पाइन्छ । 

 सिद्धार्थले पनि जनस्वास्थ्यमाथि खेलबाड गरेको छ।  एटिएम बुथमा सेनिटाईजर छैन । 

सुरक्षित एटिएम मात्र जाँदा राम्रो 
अहिले कुनै एटिएमबाट कुनै बैंकको एटिएम प्रयोग गरेर पनि पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । त्यसैले स्वास्थ्य-सुरक्षाको प्रत्याभूति भएका बैंकहरुका एटिएम बुथमात्र प्रयोग गर्दा राम्रो हुन्छ । सतर्क बनौं ।   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: