×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero : सनसिटीमा कोरोना संक्रमणको पुष्टी, तर नजिकै कोटेश्वरमा सेन्चुरी बैंकको चरम लापरवाही ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

Ground Zero : सनसिटीमा कोरोना संक्रमणको पुष्टी, तर नजिकै कोटेश्वरमा सेन्चुरी बैंकको चरम लापरवाही ! (भिडियो)

काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि प्रशासनले काठमाडौँ भक्तपुर र ललितपुर सिलबन्दी गर्ने तयारी गरेको छ । कोरोना संक्रमित भएका उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । यसैबीच कोरोना संक्रमित भेटिएको पेप्सीकोलासहित कोटेश्वर , भक्तपुर, तिनकुने, बानेश्वर, काँडाघारी लगायतका ठाउँमा प्रहरीले सुरक्षा व्यवस्था निकै कडा पारेको छ । 
तर संक्रमण पुष्टी भएको ठाउँभन्दा केहि यता कोटेश्वरमा रहेको सेन्चुरी कर्मर्सियल बैंक लिमिटेडले भने. ‘हामीलाई त कहाँ लाग्छ र कोरोना ?’भन्ने शैलीमा लापरवाही गरेको छ । बैंकको एटिएम बुथमा न साबुनपानीको व्यवस्था छ । न सेनिटाईजरको । अझ बैंकका गार्ड उल्टै ठुला कुरा गर्छन्, ‘कुनै बैंकले पनि राखेका छैनन् एटिएममा सेनि टाईजर । न ब्रान्च मेनेजर फोन उठाउँछन्, न अपरेशनल इन्चार्जसँग चित्तबुझ्दो जवाफ छ । सटर लगाएर बसेका उनीहरुसँग पनि हातमा पन्जा छैन । अझ एक गार्डले त मास्कसमेत लगाएका छैनन् । बाँकी भिडियोमा हेर्नुहोस्          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: