काठमाडौँ । ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ । लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्रि सडकहरु सुनसान छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन् । चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पुर्ण पालना भएको देखिन्छ । चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् । समग्रमा काठमाडौँभन्दा कडा छ ललितपुरको लकडाउन । सडकमा गाडी हेर्नै २ मिनेट पर्खनुपर्ने अवस्था छ । हेर्नुहोस् भिडियो :